लिपुलेक सम्झौताविरुद्ध माइतीघरमा प्रदर्शन


काठमाडौं – भारत र चीनले नेपाली भूमि लिपुलेकमा व्यापारिक नाका खोल्ने सहमति गरेको भन्दै युवाहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

शुक्रबार गरिएको विरोध प्रदर्शनका क्रममा युवाहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनफिङको पुत्ला जलाउँदै त्यसमा जुत्ता प्रहार गरेका थिए। प्रदर्शनलाई नियन्त्रणमा लिन पुगेको प्रहरीले जुत्ता हानेको आरोपमा आठ जना युवालाई पक्राउ गरेको छ।

स्वतन्त्र युवाहरूले आयोजित सो प्रदर्शनमा सहभागीहरूले ‘लिपुलेक हाम्रो हो’, ‘विदेशी सम्झौता मान्य छैन’ जस्ता नारासमेत लगाएका थिए। उनीहरूले भारत–चीनबीच भएको सहमति नेपाल र नेपाली जनतामाथि अन्याय भएको भन्दै तत्काल निर्णय खारेज गर्न माग गरेका छन्।

यसअघि पनि लिपुलेक क्षेत्रलाई लिएर नेपाल, भारत र चीनबीच विवाद हुँदै आएको छ।

प्रतिक्रिया