‘विद्यालय शिक्षा विधेयक’ संसदीय समितिबाट पारित


काठमाडौं – निजी विद्यालय सञ्चालक, नेपाल शिक्षक महासंघलगायतका सरोकारवालाको आन्दोलनकै बीच बहुप्रतिक्षित विद्यालय शिक्षा विधेयक,२०८० संसदीय समितिबाट पारित भएको छ।

प्रतिनिधिसभाअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले विधेयक पारित गरेको हो।

शिक्षा क्षेत्रलाई व्यवस्थित गर्ने उद्देश्यले ल्याइएको विधेयक सम्बन्धमा लामो समयदेखि विवाद हुँदै आएको थियो। समितिबाट विधेयक पारित भएसँगै अब यो प्रतिनिधिसभामा प्रस्तुत गरिनेछ।

शिक्षा विधेयक तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको पालामा दफावार छलफलका लागि असोज २५ गते समितिमा पठाइएको थियो।

 

प्रतिक्रिया