
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
काठमाडौं – सन् २०२५ को प्रथम चरणको कोरियन भाषा परीक्षा (ईपीएस) का लागि आजदेखि आवेदन खुला भएको छ । ललितपुरस्थित ईपीएस कोरिया शाखा कार्यालयका अनुसार रोजगारी अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियामा नेपाली श्रमिक पठाउन योग्य उम्मेदवार छनोट गर्ने उद्देश्यले आवेदन प्रक्रिया सुरु गरिएको हो ।
शाखाले जनाएको अनुसार उत्पादनमूलक तथा कृषि–पशुपालन क्षेत्रका लागि भाषा परीक्षामा सहभागी हुन सकिनेछ । यसअन्तर्गत उत्पादन क्षेत्रमा ३ हजार ५०० र कृषि तथा पशुपालन क्षेत्रमा १ हजार ८०० गरी कुल ५ हजार ३०० जनाले भाषा परीक्षा उत्तीर्ण गर्ने अवसर पाउने अनुमान गरिएको छ ।
सूचनामा उल्लेख भएअनुसार, एक व्यक्तिले एउटा क्षेत्रमा मात्र दरखास्त फाराम भर्न पाउनेछन् । काठमाडौं केन्द्रमा सञ्चालन हुने यो भाषा परीक्षाका लागि आवेदन दिने अन्तिम मिति साउन ३१ गते तोकिएको छ ।




कागजपत्र |
