ललितपुरमा १८ वर्षीया किशोरीको रहस्यमय मृत्यु, केटा साथीकाे घरमा ढलेकी थिइन्


काठमाडौं- राजधानी काठमाडौंमा एक १८ वर्षीया किशोरीको रहस्यमय मृत्यु भएको छ। मृतक किशोरी ललितपुरको महालक्ष्मी नगरपालिका–३, बोझेपोखरी बस्ने आफ्नै १८ वर्षीय केटा साथीको घरमा बुधबार दिउँसो गएकी थिइन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी चक्रराज जोशीका अनुसार ती किशोरी घरमै बेहोस अवस्थामा भेटिएकी थिइन्। उनलाई तत्काल ग्वार्कोस्थित किष्ट अस्पताल पुर्‍याइएको थियो, तर चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

प्रहरीले घटनाको सम्बन्धमा प्रारम्भिक अनुसन्धान थालेको जनाएको छ। मृतक किशोरीको केटा साथीलाई सातदोबाटो प्रहरी वृत्तमा राखेर सोधपुछ भइरहेको छ।

प्रहरीले उनीहरू प्रेम सम्बन्धमा रहेको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ, तर घटनाको वास्तविक कारण पोस्टमार्टम र विस्तृत अनुसन्धानपछि मात्र पुष्टि हुने जनाएको छ।

मृतक किशोरीको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ। घटनालाई प्रहरीले संवेदनशील रूपमा लिएर गम्भीर अनुसन्धान थालेको जनाएको छ।

प्रतिक्रिया