
उपत्यकासहित यी ३२ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्कता अपनाउन महाशाखाको अनुरोध
काठमाडौं – बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा बाढी आउन सक्ने र त्यसले जोखिम निम्त्याउन सक्ने भनी सतर्कता सूचना जारी गरेको छ।
बाढी महाशाखाका अनुसार आज बिहान मापन गर्दा कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाब सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ।
यसबाहेक आज झापा, इलाम, पाँचथर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ।
साथै ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, रसुवा, मोरङ, उदयपुर, सिन्धुली, मकवानपुर, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, अछाम, डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको पनि बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना देखिएको बाढी महाशाखाले जनाएको छ।





कागजपत्र |
