भारतीय विदेश सचिव मिश्री नेपाल आउँदै


काठमाडौं — भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमणमा आउने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको तयारीका सन्दर्भमा विदेश सचिव मिश्री नेपाल आउन लागेको जनाइएको छ ।

उनी भदौ १ गते काठमाडौं आउन लागेको जनाइएको छ । नेपालमा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवालगायत सँग भेट्ने तय भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली भदौ अन्तिम साता भारत भ्रमणमा जाने तयारी छ ।

प्रतिक्रिया