
विद्यालय हिँडेका दाजु–बहिनी ५ दिनपछि मृत फेला
पाँचथर — पाँचथरको याङवरक गाउँपालिका–१ को विरुवामा हराइरहेका दाजु–बहिनी मृत फेला परेका छन् । विद्यालय हिँडेका उनीहरु शुक्रबारदेखि हराइरहेका थिए ।
उनीहरू विरुवा खोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी कौशल बुढाथोकीले जानकारी दिए । मृत भेटिनेमा १० वर्षीय शिशिर राई र ५ वर्षीया नामुमा राई रहेका छन् ।
शुक्रबार विद्यालय हिँडेका उनीहरू हराएपछि खोजी कार्य गरिएको थियो । केही दिनदेखि प्रहरी र स्थानीय खोजीमा खटिएका थिए । घटनाको अनुसन्धान भइरहेको डीएसपी बुढाथोकीले जानकारी दिए ।
शव पोस्टमार्टमा लागि फिदिम ल्याइनेछ । उनीहरू पूर्ण आधारभूत विद्यालयमा ४ र १ कक्षामा अध्ययनरत थिए ।



कागजपत्र |
