बझाङको बौलीगाड नदीमा जलसतह सतर्कता तह पार


बझाङ – बझाङको बौलीगाड नदीमा पानीको सतह सतर्कता तह पार गरेको छ। सोमबार मध्यान्ह १२:२५ बजे बौलीगाड जलमापन केन्द्रमा मापन गरिएको जलसतहले चेतावनीको संकेत दिँदै सतर्कता सीमा पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागले नदी तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गर्दै होचा भूभागहरूमा बेलुकासम्म डुबानको सम्भावना रहेको जनाएको छ।

मनसुन सक्रिय रहेकाले देशका अधिकांश स्थानहरूमा लगातार वर्षा भइरहेकाले बाढीको सम्भावना अझै कायमै रहेको विभागको भनाइ छ।

विभागका अनुसार गत शुक्रबार यता देशका धेरै भागमा हल्कादेखि अत्यधिक वर्षा भइरहेको छ र अझै केही दिन तीव्र वर्षाको सम्भावना रहनेछ।

प्रतिक्रिया