तारकेश्वरका वडाध्यक्ष रिमालको निधन


नुवाकोट — तारकेश्वर गाउँपालिका–६ का वडा अध्यक्ष तथा गाउँ कार्यपालिकाका सदस्य नारायण प्रसाद रिमालको ४५ वर्षको उमेरमा निधन भएको छ ।

सोमबार बिहान काठमाडौँस्थित वीर अस्पतालमा उपचारको क्रममा रिमालको निधन भएको हो ।

गाउँपालिकाले एक शोक वक्तव्य जारी गर्दै वडा अध्यक्ष रिमालले पालिकाको विकास, समन्वय र सेवा प्रवाहमा पुर्‍याएको योगदानलाई सदैव सम्झिरहने जनाएको छ।

गाउँपालिकाले उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ।

 

प्रतिक्रिया