बाटोमा हिँड्दै गरेका ३ जनालाई स्यालले टोक्यो


हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका–६ मा स्यालले टोकेर तीन जना घाइते भएका छन्।

घाइतेको चितवनको मेडिकल कलेज र हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेहरुमा मनहरी गाउँपालिका–६ का ३० वर्षीय तारा थापा तामाङ, सोही स्थान बस्ने ४८ वर्षीय हरि पौडेल र ५२ वर्षीय अलि उल्लाह रहेका छन्।

तामाङ र पौडेलको चितवनस्थित गड्यौली मेडिकलमा र उल्लाहको हेटौंडा अस्पताल उपचार भइरहेको मकवान प्रहरीले जनाएको छ। स्यालले तीने जनालाई खुट्टामा टोकेको थियो।

पूर्वपश्चिम सडक खण्डको लोथर सामुदायिक वनबाट सोमबार एक्कासी स्याल निस्केर बाटोमा हिँडिरहेका तीनै जनालाई टोकेको थियो। टोकेर स्याल जंगलतर्फ भागेको स्थानीयले बताएका छन्।

प्रतिक्रिया