
सुर्खेतमा करेन्ट लागेर दम्पतीको मृत्यु
सुर्खेत — सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेमा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ। शुक्रबार बिहान आफ्नै घरमा घाँस काट्ने क्रममा विद्युतीय करेन्ट लाग्दा ५५ वर्षीय धनिराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्यायको ज्यान गएको हो।
उनीहरू घरमै विद्युतीय मेसिन प्रयोग गरेर घाँस काटिरहेका बेला अचानक मेसिनको तार सर्ट भएर करेन्ट लागेको बताइएको छ। करेन्ट लागेपछि गम्भीर घाइते भएका दम्पतीलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको थियो, तर अस्पतालमा उपचारका क्रममा दुबैको मृत्यु भयो।
स्थानीयवासीका अनुसार घटना हृदयविदारक रहेको छ भने प्रहरी र सम्बन्धित निकायले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।



कागजपत्र |
