
सिमलतालबाट त्रिशुलीमा खस्यो भारतीय मिनी ट्रक
चितवन – नारायणगढ मुग्लिन सडकको सिमलतालबाट भारतीय मिनि ट्रक त्रिशूली नदीमा खसेको छ ।
भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट मङ्गलबार राति १०ः२५ बजे मिनि ट्रक त्रिशूलीमा खसी दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यलय चितवनकका अनुसार भारतबाट मेवा बोकेर काठमाडौँ जान लागेको युपी ३२ जेटएन ७८८३ नम्बरको भारतीय मिनि आईचर ट्रक आफैँ अनियन्त्रित भई सडकदेखि करिव ८० मिटर तल त्रिशूली नदीको किनारमा खसेको छ ।
भारत लखनौका ट्रक चालक २१ वर्षीय आशिक यादव र २० वर्षीय सहचालक उत्तर सिंह दुर्घटनामा घाइते भएका छन् । उनीहरुको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



कागजपत्र |
