बालाजुस्थित झोला फ्याक्ट्रीमा भीषण आगलागी


काठमाडौं— काठमाडौं महानगरपालिका–१६, बालाजुस्थित जेब्रा झोला फ्याक्ट्रीमा आइतबार दिउँसो आगलागी भएको छ। दिउँसो करिब २:३० बजे सुरु भएको आगो नेपाली सेनाको पुरानो गोरख गण, सशस्त्र प्रहरी बल, महानगरीय प्रहरी, काठमाडौं महानगरपालिका र स्थानीयवासीको सहकार्यमा नियन्त्रणमा लिइएको हो।

आगो नियन्त्रणका लागि काठमाडौं महानगरपालिका, सशस्त्र प्रहरी र अन्य निकायका दमकल घटनास्थलमा खटिएका थिए।

आगलागीका कारण फ्याक्ट्रीमा ठूलो मात्रामा क्षति भएको अनुमान गरिएको छ भने आगोको कारणबारे अझै अनुसन्धान जारी रहेको महानगर प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया