
जन्म मात्रले नेपाली हुँदैन, नेपाल मनमा बस्नुपर्छ : पूर्वराजा ज्ञानेन्द्र
काठमाडौं — पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमा जन्मिनु मात्रले नेपालीपन परिभाषित नहुने बताएका छन्। उनले साँचो नेपाली बन्न नेपाल स्वयं मन, विचार र व्यवहारमा बस्नुपर्ने बताए।
७९ औँ जन्मदिनको अवसरमा निर्मल निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहले भने, “नेपालमा जन्मिनु मात्रैले हामी नेपाली हुँदैनौँ। नेपालले हाम्रो भित्र बास गर्नुपर्छ, तबमात्र हामी सच्चा नेपाली बन्न सक्छौँ।”
उनले अहिलेको समय मुलुक र नागरिकको लागि प्राथना गर्ने उपयुक्त समय भएको बताउँदै वर्षायाममा सुरक्षित र सतर्क रहन सबैलाई आग्रह गरे।



कागजपत्र |
