
गुडिरहेको कारमा पहिरो खस्यो
नुवाकोट – शिवपुरीको सडकमा गुडिरहेको गाडीमा पहिरो खसेको छ । काठमाडौँबाट टोखा–छहरे सडकखण्ड हुँदै नुवाकोटको प्रसिद्ध दुप्चेश्वर मन्दिरतर्फ जाँदै गरेको बागमती प्रदेश विएडी ३७७३ नम्बरको निजी कारमा माथिबाट पहिरो खसेर क्षति गरेको हो । उक्त कारमा सवार काभ्रेको नमोबुद्ध नगरपालिका–७ का ४५ वर्षीय श्यामकृष्ण श्रेष्ठ घाइते भएको प्रहरी नायव उपरीक्षक विक्रम लामाले बताए ।
उनलाई उपचारका लागि अस्पताल लगिएको छ । घटनामा कारमा क्षति पुर्याएको छ भने पहिरोले उक्त सडक केहि घण्टा अवरुद्ध भएको थियो ।



कागजपत्र |
