बाजुरामा पुलबाट लडेर बालकको मृत्यु


बाजुरा- बाजुरामा पुलबाट लडेर एक बालकको मृत्यु भएको छ।

जिल्लाको बुढीनन्दा नगरपालिका–१ पारतोलाका गणेश भण्डारीका १२ वर्षीय छोरा विशालको पुलबाट लडेर मृत्यु भएको हो।

जिल्लाको जगन्नाथ गाउँपालिका–१ पिलुचौर र भारती कसैडीको सीमानामा रहेको बड्डीगाडको बेलिब्रिजबाट उनी लडेका हुन। पुलबाट लडेर घाइते भएका भण्डारीलाई उपचारका लागि कोल्टी अस्पताल उपचारका लागि लगिएको थियो। तर, चिकित्सकले मृत घोषणा गरेका हुन्।

प्रतिक्रिया