टिपरले दुई कार र ट्याक्सीलाई ठक्कर दिँदा १ जना घाइते


काठमाडौं – काठमाडौंको बालकुमारीमा टिपरले दुई वटा नीजि कार र एउटा ट्याक्सीलाई ठक्कर दिएको छ ।

बिहीबार राति साढे ९ बजेतिर कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको दुई वटा नीजि कार र ट्याक्सीलाई बालकुमारीतिरबाट कोटेश्वरतर्फ आउँदै गरेको टिपरले ठक्कर दिएको हो ।

बा ०१००६ ख ३९१६ को टिपरको ठक्करबाट बीवाईडी कम्पनीको बा ०१०२९ च ५८०२ नम्बरको नीजि कारका चालक गम्भीर घाइते भएका ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका इन्सपेक्टर सुर्य प्रसाद पौडेलले जानकारी दिए ।

घाइतेहरुको सिभिल अस्पताल बानेश्वरमा उपचार भइरहेको प्रहरी प्रभाग कोटेश्वरले जानकारी दिएको छ । कोटेश्वरतिरबाट गएको टिपरले बालकुमारीनजिक नियन्त्रण गुमाएर बा ९ च २६२९ र बा ०१००२ च ६१११ नम्बरको ट्याक्सी र कारलाई ठक्कर दिएको ट्राफिक इन्सपेक्टर पौडेलले बताए ।

उनका अनुसार ठक्कर दिने टिपरसहित चालक ट्राफिक प्रहरी प्रभाग कोटेश्वरको नियन्त्रणमा छन् ।

प्रहरीले टिपर, दुई वटा कारका चालक र ट्याक्सी चालकको पहिचान खुलाएको छैन ।

प्रतिक्रिया