निजामती विधेयक प्रतिनिधि सभाबाट पारित


काठमाडौं- संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट आइतबार बहुमतले पारित भएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले विधेयक पारित गर्न प्रस्ताव राखेपछि सभाबाट बहससहित विधेयक पारित गरिएको हो।

सभामा विभिन्न सांसदहरूले विधेयकको सन्दर्भमा धारणा राखेका थिए। मन्त्री गुप्ताले जवाफ दिने क्रममा नेपाल राष्ट्रको संविधान, २०७२ को भावना अनुसार विधेयक अघि बढाइएको जानकारी दिए। उनका अनुसार, विधेयकले संघीयता कार्यान्वयनमा सहजीकरण गर्ने अपेक्षा गरिएको छ।

यो विधेयक अब राष्ट्रिय सभामा पठाइनेछ। त्यहाँबाट पारित भएपछि पुनः प्रतिनिधि सभामा फर्किनेछ। त्यसपछि सभामुखमार्फत राष्ट्रपतिकहाँ पुगेर ऐनका रूपमा कार्यान्वयनमा आउनेछ।

संघीय निजामती संरचनालाई संस्थागत गर्न यो विधेयक ‘मैलेनस्टोन’ हुने बताइएको छ। उच्च तहका निजामती कर्मचारीहरू भने कुलिङ पिरियडको व्यवस्थाप्रति असन्तुष्ट देखिएका छन्।

प्रतिक्रिया