आज स्पेन जाँदै प्रधानमन्त्री ओली


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आज स्पेन जाने भएका छन् ।

प्रधानमन्त्री अ‍ोली संयुुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन जाने भएका हुन् ।

प्रधानमन्त्री ओलीले शनिबार बस्ने प्रतिनिधिसभामा स्पेन भ्रमणका बारेमा सदनलाई जानकारी गराउने कार्यसूची पनि छ।

प्रधानमन्त्री असार २० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया