कानूनसहित विधान व्यवस्थापन समितिको बैठक बस्दै


काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछन् ।

मङ्गलबार कानून न्याय तथा मानवअधिकार समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान साढे ८ बजे सिंहदरबारमा बस्नेछ ।

बैठकमा नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची छ । यस्तै, मध्यवर्ती क्षेत्रको स्थलगत अवलोकन तथा अनुगमन सम्बन्धमा पनि छलफल हुनेछ ।

यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ ।

बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गर्ने तयारी छ ।

 

प्रतिक्रिया