सुमनाको योगासन, शिशिरको निद्रा र इन्दिराको सभा सञ्चालन !


काठमाडौं — अन्ततः जेठ १३ पछि प्रतिनिधिसभा संसदको बैठक आज चलेको छ । दुई राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बहिष्कार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधबीच प्रतिनिधिसभाको बैठक बसिरहेको छ ।

अहिले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटको बारेमा छलफल जारी रहेको छ । अहिले प्रतिनिधिसभाको अध्यक्षता उपसभामुख इन्दिरा रानामगरले गरिरहेकी छिन् भने उनकै दल रास्वपाका सांसदहरु संसदको अगाडि पलेटी कसेर बसेर विरोध जनाइरहेका छन् ।

राप्रपाका सांसदहरुले भने बहिस्कार गर्दै सभाहलबाट बाहिर निस्किएका छन् ।

रास्वपाका सांसहरुले नेपाली कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्की र एमालेका पदम गिरीले बोल्दा अवरोध गरेपनि माओवादी सांसद शक्ति बस्नेतले बोल्दादेखि पलेटी कसेर बसेका थिए ।

अहिले पनि रास्वपाका सांसदहरु पलेटी कसेर बसिरहेका छन् । पलेटी कसेर बसिरहेका सांसद सुमना श्रेष्ठले आँखा चिम्लिएर योगासनमा बसेकी छिन् भने शिशिर खनाल निदाएका जस्ता देखिएका छन् ।

आफ्नै पार्टीबाट उपसभामुख बनेकी इन्दिराले सञ्चालन गरिरहेको बैठकमा रास्वपाका सांसदहरुको विरोध अनौठो देखिएको छ ।

प्रतिक्रिया