


रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु

रौतहट- रौतहटमा चट्याङ लागेको एक जनाको मृत्यु भएको छ ।
चट्याङ लागेर गरुडा नगरपालिका–१, जयनगरटोलका ६५ वर्षीय सियाराम बनियाको मृत्यु भएको हो ।
आइतबार बिहान चट्याङ लागेर घाइते भएका बनियाको उपचारका क्रममा गौरस्थित प्रादेशिक अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी निरीक्षक दीपककुमार रायले जानकारी दिए ।

