यार्सा संकलन गर्न डोल्पा गएका जुम्लाका बोहराले गुमाए ज्यान


काठमाडौं – यार्सा संकलनका लागि डोल्पा पाटनमा गएका जुम्लाका एक युवकको मृत्यु भएको छ । जुम्लाको गुठीचौर गाउँपालिका–१ मणि साँघुका भीमबहादुर बोहराको बुधबार लेक लागेर मृत्यु भएको हो।

डोल्पाको जगदुल्ला गाउँपालिका-१ जगदुल्ला मध्यवर्ती पाटनमा गएका वेला उनलाई लेक लागेको बताएको छ। सँगै गएका स्थानीयलाई उद्धृत गर्दै प्रहरीले लेक लागेर बिरामी भएपछि घर ल्याउँदै गर्दा गुठिचौर गाउँपालिका १ लेकस्थित बाटोमै उनको मृत्यु भएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक रविनबाबु रेग्मीले विस्तृत जानकारी भने आउन बाँकी रहेको बताए। उनका अनुसार प्रहरी निरीक्षक रोहित रसाईलीसहितको टोली त्यहाँ गइरहेको छ।

यार्सा सङ्कलनका लागि डोल्पा पाटनजेठ ५ गते खुलेको थियो।

प्रतिक्रिया