रुपन्देहीमा नदीमा पौडी खेल्दा तीन बालक बेपत्ता, खोजी कार्य जारी


रुपन्देही- रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव खोलामा पौडी खेल्ने क्रममा तीन जना बालक बेपत्ता भएका छन्।

सोमबार दिउँसो नदीमा पौडी खेल्दै गर्दा सोही स्थानका १३ वर्षीय उमेश यादव, १४ वर्षीय राज यादव र १२ वर्षीय मुनु हरिजन बेपत्ता भएका हुन्।

बेपत्ता बालकहरूको खोजीका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । तालिम प्राप्त सुरक्षा टोली घटनास्थलमा पुगेर खोजी कार्यमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) शैलेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया