

बुद्धको यो जहाजबाट भद्रपुरबाट उडाइयो दुर्गा प्रसाईलाई

झापा – चैत १५ मा राजधानीको तीनकुनेमा भएको प्रदर्शनकारीका कमाण्डर दुर्गा प्रसाईंका साथै उनका अंगरक्षक दीपक खड्कालाई पक्राउपछि काठमाडौँ पठाइएको छ ।
झापा प्रहरीले उनलाई बुद्ध एयरको जहाजमा भद्रपुरबाट बिहान ११ बजेर ५० मिनेटको फ्लाइटमा पठाएको हो । उक्त जहाज काठमाडौँ विमानस्थलमा साढे १२ बजे अवतरण हुने बताइएको छ ।
उनलाई बुद्धएयरको उडान नं. बीएचए ९५४ बाट काठमाडौं पठाइँदैछ ।
प्रहरीले भद्रपुरबाट पक्राउ गरिएको भनिए पनि प्रसाईलाई भारतबाट नेपाल ल्याइएको जनाइएको छ ।

