प्रसाई पक्राउ ‘परे’ भनेपछिका ३ दाबी, खासमा कुरो के हो ?


काठमाडौं — २ जनाको ज्यान जाने र राजधानीको तीनकुने क्षेत्र आतंकित पार्ने गरि भएको चैत १५ को विध्ंवशकारी प्रदर्शनका नाइके दुर्गा प्रसाई पक्राउ परेको समाचार फैलिइरहँदा नेपाल प्रहरीले भने पक्राउ नपरेको आधिकारिक विज्ञप्ति जारी गर्यो ।

पूर्वी नेपालको सीमा नजिकै भारतबाट पक्राउ परेको समाचार बाहिरिइसकेपछि प्रसाई पक्राउ नपरेको भनेर प्रहरीले विज्ञप्ति ननिकाल्दै प्रसाईको सचिवालयले भने आसाम प्रहरीसँग आत्मसमर्पण गरेको जानकारी दिएको थियो ।

प्रसाईंको सचिवालयले चाहिँ सामाजिक सञ्जाल फेसबुकमार्फत आसाम प्रहरी समक्ष आत्मसमर्पण गरेको जानकारी दिएको छ । सचिवालयको दाबी छ, ‘अहिले २ घण्टा अगाडि हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईंज्यूले आफ्नो सुरक्षा को लागि आफैँ भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ, हिजोमात्र हामी ले भिडिओ मार्फत हाम्रो ज्यानको सुरक्षा को ग्यारेन्टी भए २४ घण्टाभित्र उपस्थित हुन्छौं, भनेका थियौं र आज उपस्थित भयौं ।’

प्रसाईंको सचिवालय भन्छ,


तर प्रसाईंलाई भारतमा पक्राउ गरिएको विषयलाई भने प्रहरीले औपचारिक रुपमा भने खण्डन गरेको छ । बरू ‘उनी नेपालभित्रै छिट्टै पक्राउ पर्न सक्ने’ प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता (डीआईजी) दिनेशकुमार आचार्यले प्रेस विज्ञप्तिमार्फत भनेका छन्, ‘विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाईं नेपाल प्रहरीको खोजीको सूचीमा रहेको जानकारी गराउँदै हालसम्म प्रसाईं पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रसारण नगरिदिनुहुन अनुरोध गर्दछौँ ।’

प्रहरीको दाबीः


प्रहरीको खण्डनसँगै प्रसाईं संयोजक रहेको संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपालले विज्ञप्ति जारी गरेर प्रसाईंलाई भारतको आसाम राज्यअन्तर्गत गुवाहाटीबाट त्यहाँको स्थानीय प्रहरीले नेपालको सीमासम्म सुरक्षित ल्याएको दाबी गरेका छन् । उनले प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान समेत गरेका छन् ।

भनेका छन्, ‘सरकारले काठमाडौंको तीनकुनेको शान्तिपूर्ण कार्यक्रमबाट आफै लखेटेर फरार रहेको बताइरहेको अवस्थामा नेपाल फर्कँदै गर्दा नेपाल प्रहरीले उहाँ नेपाल फर्कीरहेको आफूहरुलाई जानकारी नरहेको प्रतिक्रिया दिएको अवस्थामा उहाँको नेपाल प्रवेशसँगै ज्यान खतरामा रहेको र बेपत्ता समेत पारिन सक्ने स्थिति भएको हुँदा राष्ट्रिय अन्तराष्ट्रिय मानव अधिकारवादी संघ संस्था, सञ्चारकर्मी तथा नागरिक समाजका अगुवाहरुलाई उपस्थित भई उहाँको ज्यानको सुरक्षाको प्रत्याभूतिका लागि भूमिका निर्वाह गरिदिनु हुन हामी अपिल गर्दछौं ।’

प्रसाईंको संयुक्त जनआन्दोलन परिचालन समितिः

 

 

प्रतिक्रिया