मुख्यमन्त्री राईको पद बच्ने निश्चित भएपछि प्रदेशसभा बैठक आह्वान


विराटनगर – प्रदेश १ को प्रदेशसभा बैठक चैत्र २३ गत का लागि बोलाइएको छ । मुख्यमन्त्री शेरधन राईको पद संकटमा नपर्ने निश्चित भएपछि प्रदेशसभा बैठक बोलाइएको छ ।

राइ विरुद्ध अविस्वासको प्रस्ताव पेस भएपछि पटक पटक स्थगित हुदै आएको प्रदेश सभा बैठक आज आइतबार सुचना जारी गर्दै चैत्र २३ गते सोमबार दिउँसो २ बजेकाका लागि आह्वान गरेको हो ।

गत चैत १ गते अर्को सचना नआएसम्मका लागि स्थगित भएको बैठक सोमबार बोलाइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताए।

आइतबार एक सूचना प्रकाशित गरी प्रदेशसभा सचिवालयले बैठकबारे जानकारी दिएको हो। मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव आएपछि त्यो पास हुने डरले बैठक रोकिँदै आएको थियो।

तत्कालीन नेकपा भित्रको प्रचण्ड–माधव समूहका प्रदेश सांसदहरुले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका थिए । प्रदेशको संसदीय दलमा समेत अल्पमतमा परेका राईलाई अविश्वासको प्रस्ताव पास हुने चिन्ता थियो ।

फागुन २३ को सर्वोच्च अदालतको निर्णयले नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्यूँताएपछि राईलाई सहज भएको हो ।

अब एमाले सांसदहरूले मुख्यमन्त्री राईविरूद्धको अविश्वास फिर्ता लिने भएका छन्।

प्रतिक्रिया