बागलुङ दुर्घटनाका पाँचैजना मृतकको खुल्यो पहिचान


काठमाडौं-  बागलुङमा पिकअप भ्यान दुर्घटनामा ज्यान गुमाउनेको सनाखत भएको छ ।

जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको पिकअप भ्यान जैमिनी–७ जैदीको व्यार्थला नजिकै सोमबार बिहान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा जैमिनी-८ केवईका चालक ३८ वर्षीय महेन्द्र पुन, सोही स्थानका २० वर्षीया रश्मी श्रीष, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षीय कुलप्रसाद श्रीषले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिए ।

ग२च ९२४७ पिकपअ भ्यान सडकदेखि १०० मिटरभन्दा तल खसेको थियो ।  पिकअप भ्यानमा सवार एक जनाको भने जीवितै उद्धार गरिएको छ । दुर्घटनामा घाइते भएका सोही ठाउँका ४५ वर्षीय गङ्गाबहादुर श्रीष शरीरको विभिन्न भागमा चोट लागेको छ ।

प्रतिक्रिया