बाग्लुङमा जीप दुर्घटना हुँदा चालकको मृत्यु


बाग्लुङ – बागलुङको ढोरपाटन नगरपालिका- ३ टारीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

शुक्रबार साँझ भएको दुर्घटनामा ढोरपाटन नगरपालिका-३ पुर्कोट निवासी जीप चालक किसान विकको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष खिमबहादुर सुनारले जानकारी दिए।

टारीस्थित खेतमा धान लिन गएको लु १ च ६९३८ नम्बरको पिकअप जीप ब्याक गर्ने क्रममा १०० मिटर तल तमानखोलामा खसेको थियो। जीपमा चालक मात्रै सवार रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया