आज दिनभर प्रहरी हिरासतमै रवि, भोलि अदालत लगिने


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आइतबार मात्र अदालतमा हाजिर गराइने भएको छ ।

स्वास्थ्य परीक्षण पछि लामिछाने सहितको टोलीलाई कास्की प्रहरीले आइतबार मात्र अदालतमा हाजिरी गराउने जनाएको हो ।

रविले बिहान ३ बजेदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा बसिरहेका छन् । पक्राउ गरेको २४ घन्टाभित्र म्याद थप गर्नुपर्नेमा आज शनिबार भएकोले भोलि अदालत पेश गरिने भएको हो ।

लामिछानेलाई उनको पार्टी मुख्यालय काठमाडौं बनस्थलीबाट सिआइबीको टोलीले पक्राउ गरी कास्कीतर्फ लगेको थियो ।

देशका विभिन्न ठाउँमा सहकारी स्थापना गरी बचत र अन्य रकम अपचलनमा जीवी मुख्य जिम्मेवार भएको प्रहरी अनुसन्धान र संसदीय छानबिन समितिको निष्कर्ष थियो ।

लामिछानेसँगै विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्तबाबु राई, रामबहादुर खनाल, देवेन्द्रबाबु राई, विज्ञान राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दीपा न्यौपाने, कल्पना कुमारी श्रेष्ठ रहेका छन् ।

प्रहरीका अनुसार लामिछानेमाथि सहकारी ठगीसहित संगठित अपराध, किर्ते, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुनेछ। प्रहरीले उनलाई ३४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न सक्नेछ।

प्रतिक्रिया