राष्ट्रिय विपद् जोखिम व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक आज
काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक आज बस्दै छ ।
गृहमन्त्री अध्यक्ष रहेको प्राधिकरणको बैठक आज अपराहन्न ३ बजे प्राधिकरणको कार्यालय, सिंहदरबारमा बस्ने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकले बाढी पहिरोपछिको राहत वितरण र पुन: निर्माण बारे महत्वपूर्ण निर्णय गरेर सरकारलाई सिफारिस गर्ने तयारी गरिएको छ ।
प्राधिकरणको सिफारिस अनुसार आजै बस्ने मन्त्रिपरिषदको बैठकले यस विषयमा निर्णय लिने बताइएको छ ।