बडादसैँको अवसरमा प्रहरीको मौलोमा पूजा


काठमाडौं- प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बडादसैँको अवसरमा शुक्रबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका छन्  ।

नेपाल प्रहरीले परम्परागत रूपमा गर्दैआएको सो पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक कुँवरले बलीपूजा गर्नुको साथै निसानमा पञ्जा छापसमेत लगाए । प्रहरी महानिरीक्षक कुँवरले मौलोपूजाका अवसरमा विशेष काम गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार जितेन्द्र खा थारुलाई नगद पुरस्कार प्रदान गरे ।

अवसरमा प्रहरी महानिरीक्षक सन्तबहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतलगायत प्रहरी अधिकृतहरूले मौलो परिक्रमा गरेका थिए । पूजा विसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको छ ।

नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट ल्याइएको हो । जसमा दुई वटा निशान हुन्छन् । मुख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अङ्कित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अङ्कित हुन्छ ।

प्रतिक्रिया