आजदेखि बीपी राजमार्ग सञ्चालन हुँदै


काठमाडौं – बाढीपहिरोले क्षतिग्रस्त भई अवरुद्ध रहेको बिपी राजमार्ग आज (शुक्रबार) देखि सञ्चालनमा हुने भएको छ । असोज ११ र १२ गतेको बाढीपहिरोले काठमाडौँ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने छोटो स्थल मार्गका रूपमा रहेको बिपी राजमार्ग अवरुद्ध भएको थियो । बाढीपहिरोले राजमार्गको विभिन्न ठाउँमा गरी करिब १२ किलोमिटरसम्म क्षति पुर्याएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सामाजिक सञ्जालाल फेसबुकमार्फत सो राजमार्ग शुक्रबारदेखि सञ्चालनमा आउने जानकारी गराएका हुन । प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले शुव्रmबार बिहान १० बजेसम्ममा राजमार्ग सञ्चालनमा बिपी राजमार्ग सञ्चालनमा आउने भन्दै जानकारी गराएको फेसबुकमा उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्, ‘बिपी राजमार्गमा पहिरोको अवरोध खुलाउन आफ्नो टोलीसँगै फिल्डमा रहनुभएका भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्मासँग केहीबेर अघि टेलिफोनमा कुरा भयो । उहाँ सडक मर्मत गर्ने प्राविधिक टोलीसहित रोसी गाउँपालिका– ९ को दाउने भन्ने ठाउँमा हुनुहुन्छ । उहाँका अनुसार शुक्रबार बिहान १० बजेसम्म बिपी राजमार्ग सञ्चालनमा आउने छ । आज दिनभर र रातभर काम गर्दा बाँकी रहेको तीन ठाउँको अवरोध हट्ने छ । राजमार्ग खुलेपछि मात्र दसैँ मान्ने बताउनुभयो ।’

 

प्रतिक्रिया