होटल याक एण्ड यतीमा ‘डेट एक्सपायर’ सामान, ३ लाख जरिवाना


काठमाडाैं- दरबारमार्गस्थित याक एण्ड यती होटललाई ३ लाख रुपैयाँ जरिवाना तिराइएको छ ।

बजार अनुगमनको क्रममा होटलले ५ रुपैयाँमा खरिद गरेको पानीको बोत्तल ४३० रुपैयाँमा विक्रि गरेको र गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको भेटिएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाहीस्वरुप जरिवाना गरेको हो ।

विभागका अनुसार होटलले तोकिएकोभन्दा बढी मूल्यमा पानी बेच्नुका साथै म्याद गुज्रिएको सामानसमेत बिक्री गरेको पाइएको छ ।

प्रतिक्रिया