बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २४६ पुग्यो


काठमाडौं- यही असोज ११ र १२ गते आएको बाढीपहिरो र डुबानमा परेर मृत्यु हुनेको संख्या दुई सय ४६ पुगेको छ । अहिलेसम्म १८ जना बेपत्ता रहेका र एक सय ७८ जना घाइते भएकाेप्रहरी प्रधान कार्यालयले जनाएकाे छ ।

बाढी पहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको र सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी रहेको प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार बाढी, पहिरो तथा डुबानमा परेर सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ७८ जनाको मृत्यु भएको छ भने ७९ जना घाइते र ६ जना बेपत्ता रहेका छन् । बागमती प्रदेशमा मात्रै १४५ जनाको मृत्यु भएको छ भने ११६ जना घाइते तथा ८ जना बेपत्ता रहेका छन् ।

दोस्रोमा काठमाडौं उपत्यका ३ जिल्लामा मात्रै ७० जनाको मृत्यु भएको छ भने ३७ जना घाइते र ६ जना बेपत्ता रहेका छन् ।

प्रतिक्रिया