१८ गतेसम्म भारी वर्षाको सम्भावना छ, सतर्कता अपनाउनूस् : विपद्‌ प्राधिकरण


काठमाडौं-  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि बागमती, कोशीसहितका केही ठाउँमा भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणले एक सूचना जारी गर्दै १८ गतेसम्म भारी वर्षाको सम्भावना कायम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो  । ‘असोज १० गतेदेखिको अति भारी वर्षाले धेरै स्थानको जमिन गलेको हुँदा सानो वर्षा थपिँदासमेत ठूलो पहिरो जान सक्ने र कुनै पनि खोलामा एक्कासी बाढी आउने जोखिम यथावत छ’, प्राधिकरणले सूचनामा भनेको छ ।

प्रतिक्रिया