भीम फेदी-कुलेखानी-फाखेल सडक सञ्चालन


मकवानपुर – पहिरोका कारण आज बिहादेखि अवरुद्ध हेटौँडा-कुलेखानी-फाखेल भएर काठमाडौँ जाने सडकमा पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार हेटौँडा कुलेखानी फाखेल भएर काठमाडौँ जाने सडकअन्तर्गत इन्द्र सरोवर गाउँपालिका-२ मा सडकमाथिबाट लेदोसहितको पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।

प्रहरी, सडक डिभिजन कार्यालय र स्थानीय तहसँग समन्वय गरी पहिरो पन्छाएर आवागमन नियमित गरिएको हो ।

प्रतिक्रिया