जिल्ला प्रहरी कार्यालय रौतहट बन्यो प्रदेशकै उत्कृष्ट, एसपी घिमिरे नगदसहित पुरस्कृत


रौतहट — जिल्ला प्रहरी कार्यालय रौतहट कार्य सम्पादनमा प्रदेशकै उत्कृष्ट कार्यालय ठहरिएको छ ।

भौतिक पूर्वाधारलगायत विभिन्न पक्षको विश्लेषणको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटलाई उत्कृष्ट घोषणा गर्नुको साथै प्रहरी प्रमुख एसपी दिलीप घिमिरेलाई नगदसहित पुरस्कृत गरिएको छ ।

बुधबार मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी लालमणि आचार्यले फरार अपराधी पक्राउ, प्रहरी आचरण तथा अभिलेख व्यवस्थापन, हिरासत कक्षको निरीक्षण, सवारी दुर्घटना न्यूनीकरणमा र भौतिक पूर्वाधारसँगै विविध पक्षलाई मुल्याङ्कन गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटलाई उत्कृष्ट घोषणा गरेका थिए।

त्यसैगरी एसपी दिलीप घिमिरेको निर्देशनमा प्रहरी टोलीले हत्या गरी फरार भएका व्यक्तिलाई तत्काल पक्राउ गर्न सफल भएको, ईशनाथ नगरपालिकामा हिन्दु मुस्लिम बिच हुने सक्ने सम्भावित दङ्गालाई रोक्ने काममा खेलेको भूमिका, महावीर झन्डा मेलामा विवादरहित सम्पन्न गर्न उल्लेखनीय भूमिका खेलेको र तस्करी नियन्त्रण गरी जिल्लाको शान्ति सुरक्षा कायम गरेकोले पुरस्कृत गरिएको बताइएको छ ।

त्यसका साथै एसपी घिमिरेले पच्छिलो समय जिल्लाको खुल्ला नाकाबाट हुने अवैध तस्करीको जालो च्यात्न सफल भएका छन् । संगठनमा ईमानदार प्रहरीको रूपमा आफूलाई उभ्याऊन सफल एसपी घिमिरे जागिर अवधि भर विवादरहित र संगठनका लागि उत्कृष्ट काम गर्ने अधिकृतका रूपमा परिचित छन् ।

प्रतिक्रिया