पाँचखालमा ट्रक दुर्घटना, चालकको मृत्यु


काभ्रे-  अरनीको राजमार्गअर्न्तगत पाँचखाल नगरपालिका-५ स्थित ३७ किलो केराघारीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

उक्त ट्रकका चालक सिन्धुलीको मरिण गाउँपालिका-१ बस्ने २८ वर्षीय रमेश ठाडाको दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

बिहीबार दिउँसो १ बजेको समयमा धुलिखेलबाट पाँचखालतर्फ जाँदै गरेको बा ५ ख १२८१ नम्बरको गुडिरहेको ट्रक आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा सडकबाट अन्दाजी ७० मिटर तल खसेको थियो ।

प्रतिक्रिया