छविलाल जोशीलाई निमोनिया, रोकियो बयान


काठमाडौँ – सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशी बिरामी परेका छन् ।

मंगलबारदेखि सुरु भएको उनको बयान बिरामी परेका कारण आज रोकिएको छ । मंगलबार सरकारी वकिल र अनुसन्धान अधिकृतहरूले उनीसँग बयान सुरु गरेका हुन् । मौखिक रूपमा बयान लिए पनि लिखित बयान नभएको अनुसन्धान अधिकृतहरू बताउँछन् ।

प्रहरीसँगको मौखिक बयानमा जोशीले आफ्नो घर धितो राख्न खोजेपछि कुरा नमिलेको र त्यसपछि गोर्खा मिडियाबाट अलग भएको बताएका छन् ।

जोशीको बयानपछि पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गर्ने तयारी प्रहरीले गरेको छ ।

पूर्वडीआईजी जोशी, पूर्वगृहमन्त्री लामिछाने र सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई व्यापारिक साझेदार हुन् । उनीहरुले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँचवटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय विशेष छानबिन समितिको निष्कर्ष छ । लामिछाने गोर्खा मिडियाका निर्देशक थिए ।

 

 

प्रतिक्रिया