संखुवासभाको शिरीसेमा शंकास्पद वस्तु, सेनाद्वारा निस्क्रिय


संखुवासभा-  संखुवासभाको मादी नगरपालिका-६ शिरीसेमा बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ ।

बुधबार संखुवासभा जिल्ला, मादी नगरपालिका- ६ स्थित शिरिसेमा फेला परेको शङ्कास्पद वस्तुलाई सेनाको बम डिष्पोजल टोलीले सुरक्षित साथ निष्क्रिय पारेको हो ।

उक्त डिष्पोज कार्यमा खट्टिएका सेनाको बम डिष्पोजल टोलीले  स्थानीयहरुलाई आईईडी सम्बन्धी सचेतनामूलक कक्षा समेत सञ्चालन गरेको छ ।

प्रतिक्रिया