राष्ट्रपति पौडेलद्वारा रात्रिभोज आयोजना


काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा रात्रिभोज आयोजना गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित भोज तथा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई उपस्थित छन् ।

मन्त्रीहरू, विदेशी राजदूतलगायतको पनि सहभागिता छ । विशिष्ट अतिथिहरूमाझ विभिन्न जातजातिका परम्परागत सांस्कृतिक प्रस्तुतिसमेत देखाइएको छ ।

प्रतिक्रिया