दिल्लीका मुख्यमन्त्री केजरीवालले दिए पदबाट राजीनामा


काठमाडौँ – दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले पदबाट राजीनामा दिएका छन्।

उनले मंगलबार साँझ दिल्लीका उपराज्यपाल विनय सक्सेनालाई राजीनामा बुझाएका हुन्। उनले दुई दिनअघि नै मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका थिए।

दिल्लीको मदिरा नीतिसम्बन्धी मुद्दामा जेलमा रहेका केजरीवाललाई भारतको सर्वोच्च अदालतले १३ सप्टेम्बरमा जमानतमा रिहा गरेको थियो।

केजरीवालको राजीनामापछि आतिशी मार्लेना दिल्लीको मुख्यमन्त्री बन्ने छिन्। आम आदमी पार्टीको आज बसेको बैठकले आतिशीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो।

प्रतिक्रिया