त्रिशूलीमा खसेको ट्रकका चालक सम्पर्कविहीन, घटना शंकास्पद


काठमाडाैं- नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा सडकबाट त्रिशूली किनारमा खसेको ट्रकका चालक सम्पर्कविहीन भएका छन् । ट्रक पानी बाहिर किनारमा रहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार चालक यमबहादुर घलेको मोबाइल स्विचअफ छ । घटनास्थल पुगेर फर्कँदै गरेका रिजालले भने, ‘चालक सम्पर्कमा छैन, घटना शङ्कास्पद देखिएको छ ।’

दुर्घटनाको अवस्था हेर्दा चालक नदीमा नभएर बाहिर सम्पर्कविहीन भएको हुनसक्ने उनको भनाइ छ । यातायात कार्यालयमार्फत ट्रक धनीको पहिचान गरेर चालक खोजी कार्य भइरहेको उनले बताए ।

ना ६ ख ६२८३ नम्बरको ट्रक भैरहवाबाट सूर्यमुखी तेल बोकेर ललितपुरतर्फ जाँदै गरेको थियो । ट्रकमा २ हजार २ सय २५ कार्टुन तेल लोड गरिएको थियो । ट्रक आज बिहान सडकबाट झण्डै १ सय मिटर तल त्रिशुली किनारमा खसेको हो ।

प्रतिक्रिया