पशुपति कोटिहोममा ७२ लाख घाटा भएको दाबी !


काठमाडौं- साउनभर एक महिनासम्म कोटीहोम लगाएको मानव सेवा फाउन्डेशन नेपालले घाटा लागेको बताएकाे छ । फाउन्डेशनले बिहीबार पत्रकार सम्मेलन गरी ७२ लाख ५० हजार रुपैयाँ घाटा लागेको जानकारी दिएको हो ।

फाउन्डेशनका विजय भण्डारीले कोटीहोममा २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र द्रव्य दान संकलन भएको तर कोटीहोमका लागि २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको जानकारी दिए । उनका अनुसार ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको छ ।  महायज्ञमा कबोल भएकोमध्ये डेढ करोडदेखि २ करोड रुपैयाँ आउन बाँकी रहेको उनले बताएका छन् ।

आपराधिक पृष्ठभूमिका कृष्ण्मूर्ति विभिन्न आरोपमा पटक पटक जेल बसेका व्यक्ति हुन् । छानबिनकै लागि साउनको समापनको राति प्रहरी टोली गएको भए पनि आयोजकले प्रहरीमाथि जाइलागेको थियो । समाचार संकलनका लागि गएका संचारकर्मीसमेत कुटाइमा परेका थिए ।

पशुपति क्षेत्र, (वनकाली) हंस मण्डप, काठमाडौंमा पशुपति कोटीहोम नेपाल माहात्म्य तथा १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ २०८१ आयोजना गरिएको थियो । कोटीहोम महायज्ञमा राधिका दासी, देवी प्रतिभा, दीनवन्धु पोखरेल, डा. कान्ता भट्टराई, देवी चन्द्रकला सखी लगायतबाट कथा वाचन भएको थियो ।

 

प्रतिक्रिया