पाँचथर विस्फोटः घाइतेको उपचार सरकारले गरिदिने, मृतक परिवारलाई ५/५ लाख दिइने


काठमाडौं – सरकारले पाँचथर बेवारिसे बम विस्फोटका घाइते दुई बालकको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।

सोमबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले फालेलुङ गाउँपालिका-५ डाँडागाउँमा युद्धकालको बेवारिसे बम विस्फोटमा घाइते भएका पवन राई र दिप्सन राईको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।

पवन र दिप्सनको उपचार कीर्तिपुरस्थित बर्न अस्पतालमा भइरहेको छ । यस्तै मृतकका परिवारलाई जनही ५/५ लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

डाँडागाउँमा यही भदौ १३ गते द्वन्द्वकालको ह्यान्डमेड सकेट बम विस्फोट हुँदा ११ वर्षीय दिप्सन सावा र अढाइ वर्षीया प्रिन्सा सावाको मृत्यु भएको थियो ।

 

प्रतिक्रिया