प्रकाशलाई नागरिकता दिलाउन प्रधानमन्त्री ओलीको निर्देशन


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले यूट्युब च्यानल ‘हेर्ने कथा’ मा प्रसारण भएको हराएका वर्षहरूका पात्र  प्रकाश तामाङलाई नागरिकता दिलाउनका लागि गृह सचिवलाई निर्देशन दिएका छन् ।

था हेरेपछि प्रधानमन्त्रीले प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको भन्दै गृह सचिव एकनारायण अर्याललाई बोलाएर नागरिकता दिलाउनका लागि तत्काल पहल थाल्न भनेका हुन् । याे जानकारी उनले सामाजिक सञ्जालमार्फत दिएका छन् ।

ओलीले सामाजिक सञ्जालमा लेखेका छन्– ‘नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने हुन्छ । नागरिकता छिटो बनाउने विषयमा राति १० बजे नै गृहसचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो । उहाँले प्रकाशलाई दुई–चार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनु भएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ । नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ ।’

प्रतिक्रिया