विश्वविद्यालयहरुले शिक्षित मूर्ख होइन, गुणवान् मान्छे उत्पादन गरौँ : प्रधानमन्त्री


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षित मूर्ख नभई सज्जन र गुणवान मान्छे उत्पादन गर्न विश्वविद्यालयहरुले काम गर्नुपर्ने बताएका छन् ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सुदूरपश्चिम विश्वविद्यालयको १२ औँ सभामा कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले समाजमा बढेको गलत प्रवृत्तिलाई चिर्न सक्ने, राम्रो, विकसित, आधुनिक र शान्तिपूर्ण समाज निर्माणका लागि शिक्षाले योगदान गर्न सक्नुपर्ने बताए ।

‘गुरुहरूले ऋषिमन र भावका साथ काम गर्नुपर्छ । त्यसो भएमा चेलाहरुले गुरुहरुलाई मान्छन् । विद्यार्थीलाई शिष्ट, नम्र र शालीन हुन सिकाउन सक्नुपर्छ नत्र समाज अनुकूूल शिक्षा हासिल भएको मान्न सकिँदैन,’ उनले भने । उनले सुदूरपश्चिमको संस्कृति झल्कने खालको शिक्षा दिन समेत आग्रह गरे ।

प्रतिक्रिया