पाल्पामा भारतीय नम्बरको कार दुर्घटना, चालकको मृत्यु


पाल्पा – पाल्पामा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ ।

रानिमहल जाँदै गरेको यूपी १४डीएन १०४ नम्बरको कार आइतबार राति पौने ११ बजे तानसेनबाट रानिमहल जाने सडकखण्डमै दुर्घटना भएको हो ।

दुर्घटनामा भारत उत्तर प्रदेशका २८ वर्षीय कार चालक विकास पाठकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

गम्भीर घाइते भएका विकासलाई मिसन अस्पतालमा पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

गाडीमा सवार अन्य पर्यटक भने सकुशल रहेको प्रहरीले जनाएको छ । उनीहरू सदरमुकाम तानसेनबाट बास बस्नका लागि रानीमहलतर्फ जाने क्रममा दुर्घटना भएको बुझिएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया