धनकुटामा ब्रेक फेल हुँदा बोलेरो दुर्घटना


धनकुटा-  धनकुटा नगरपालिका-६ फोक्लेण्डटापुस्थित बागपाइले खोलामा बोलेरो गाडी जिप हुँदा दुई बालक घाइते भएका छन् ।

संखुवासभाको मादीबाट इटहरीतफै जाँदै गरेको को १ ज २१३७ नम्बरको गाडी दिउँसो साढे १ बजे ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । गाडी सडकबाट करिब एक सय मिटर तल खसेको छ ।

घाइते बालकहरुको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ ।

गाडीमा चार बालकसहित नौ जना सवार रहेको चालक राजेन्द्र माझीले बताए । ब्रेकमा समस्या आएपछि मर्मतको लागि वर्क शपमा लैजानेक्रममा गाडी भीरबाट तल खसेको उनले जानकारी दिए ।

 

प्रतिक्रिया